
जीतपुरसिमरा उपमहानगरमा एमालेले ग¥यो शक्ति प्रदर्शन
साझा आवाज/सिमरा : असोज २ गतेको स्थानिय तहको निर्वाचनमा मनोनयन दर्ता गराउने क्रममा नेकपा एमालेले बुधवार आफ्नो शक्ति प्रदर्शन गरेको छ ।
मेयर र उपमेयरसहित जीतपुरसिमरा उपमहानगरपालिकाको २४ वटै वडाका उम्मेदवारको उम्मेदवारी दर्ता गराउने क्रममा एमालेका हजारौं कार्यकर्ता सहभागी भए । बाजागाजा, झाकी, ¥यालीसहित जीतपुर बजार परिक्रमा गर्दै एमालेले उम्मेदवारी दर्ता गराएको हो ।
उम्मेदवारी दर्ताका लागि जीतपुरस्थित निर्वाचन कार्यलयसंग एमालेले तीन बजेका लागि समय लिएको थियो । एमालेका मेयर उम्मेदवार डा. कृष्ण पौडेल र उपमेयर सरस्वती चौधरीले कार्यलयमा पुगेर उम्मेदवारी दर्ता गराए । डा. पौडेलको उम्मेदवारीमा प्रस्तावक देवनारायण चौधरी र समर्थक भरत खड्का रहेका छन् ।
उम्मेदवारी दर्ता गराउनका लागि एमाले सांसद पुरुषोत्तम पौडेल, एमाले केन्द्रीय सल्लाहकार देवी ज्ञवाली, एमाले बाराका अध्यक्ष सुन्दर बिश्वकर्मा, एमाले बाराका प्रचार बिभाग प्रमुख मनोज पौडेललगायत एमालेका जिल्ला र केन्द्रका नेता सहभागी थिए । उम्मेदवारले उम्मेदवारी दर्ता गराईरहदा कार्यकर्ता भने सडकमा नाचगान गरिरहेको देखिन्थ्यो ।
कांग्रेसबाट कृष्णव्रत र नारायणीको उम्मेदवारी
बाजागाजा र ¥यालीसहित जीतपुर बजार पुगेको नेपाली कांग्रेसले मेयर र उपमेयरसहित २४ वटै वडामा उम्मेदवारी दर्ता गराएको छ ।
निर्वाचन कार्यलयमा चार बजेका लागि उम्मेदवारी दर्ता गराउने समय लिएपनि कांग्रेसका उम्मेदवार दुई बजे नै निर्वाचन कार्यलय प्रवेश गरेका थिए । २४ वटै वडाबाट आफ्ना कार्यकर्तासहित जीतपुर आईपुगेका उम्मेदवारले मेयर र उपमेयरसंगै आफ्नो उम्मेदवारी दर्ता गराए ।
कांग्रेसबाट मेयरमा कृष्णव्रतसिंह र उपमेयरमा नारायणी रायमाझीले उम्मेदवारी दर्ता गराए । उम्मेदवारी दर्ता गराउने क्रममा कांग्रेसका पूर्वसभासद शोभाकर पराजुलीसहित कांग्रेसका नेताकार्यकर्ता निर्वाचन कार्यलयमा उपस्थित भएका थिए ।
माओबादीबाट राजन र गायत्रीदेवीको उम्मेदवारी
निर्वाचन कार्यलयमा सबै भन्दा पहिला उम्मेदवारी दर्ताका लागि समय लिएको नेकपा माओबादी केन्द्रले एक घण्टा ढिलो पुगेर उम्मेदवारी दर्ता गराएको छ ।
निर्वाचन कार्यलयमा ११ बजे समय लिएको माआबोदीका उम्मेदवार १२ बजेपछि मात्रै उम्मेदवारी दर्ता गराउन आईपुगेका थिए । बाजागाजा, झाकीसहित ¥याली निकालेर जीतपुर बजार परिक्रमा गर्दै निर्वाचन कार्यलय पुगेको माओबादी केन्द्रले मेयरमा राजन पौडेल र उपमेयरमा गायत्रीदेवी थरुनीसहित २४ वटै वडामा आफ्नो उम्मेदवारी दर्ता गराएको छ । मेयरमा पौडेलका लागि क्षेत्रबहादुर श्रेष्ठ प्रस्तावक र समर्थकमा जयराम दहाल रहेका छन् । उम्मेदवारी दर्ताका क्रमा माओबादीले पनि आफ्ना शक्ति प्रदर्शन गरेको थियो ।
No comments:
Post a Comment